NEPGO नेपालकै लागी

हाम्रो एप्लिकेसनले शैक्षिक संस्थानहरुलाई उधोग, कलकारखाना र ब्यबसायसँग, बिषयगत बिशेषज्ञहरुसँग, समुदायिक संघ संस्थाहरुसँग र सरकारी संयन्त्रहरुसँग जोड्दछ ।

हजुरले हामीबाट के पाउनुहुन्छ ?

के तपाई कुनै शैक्षिक संस्थान, कम्पनी र ब्यापारीक केन्द्र, संघ संस्था, बिषयगत बिशेषज्ञ र स्वयंसेवक विद्यार्थीहरुको सम्पर्क वा खोजीमा हुनुहुन्छ ? 

शैक्षिक संस्थानहरु

शैक्षिक संस्थानहरुले बिभिन्न उधोग कलकारखाना, ब्यबसाय, संघ संस्थाहरु, सरकारी संयन्त्रहरु, बिशेषज्ञ आगन्तुक अध्यापकहरु र आफ्नो आसपासको समुदायको साथ साथै अन्य शैक्षिक संस्थानहरुसँग संचार सम्पर्क र संजाल स्थापित गर्न सक्नेछन् । जसको मद्धतले उनीहरुले आफ्नो शैक्षिक संस्थानका बिभिध समस्याहरु हल गर्न सक्नेछन् ।

ब्यापारीक केन्द्रहरु

कम्पनी र ब्यापारीक केन्द्रहरुले आफ्ना दैनिक कामकारवाही वा परियोजनाहरूमा सहयोग लिनका लागि शैक्षिक संस्थानहरुबाट बिषयगत इंटर्न वा स्वयंसेवक विद्यार्थीहरू प्राप्त गर्न सक्नेछन। उनीहरुले अन्य कम्पनीहरु, संघ संस्थाहरु, बिद्यार्थीहरु, शैक्षिक संस्थानहरु र बिशेषज्ञहरुसँग संचार सम्पर्क र संजाल स्थापित गरि व्यापार वृद्धिको साथ साथै सम्भावित नविन अवसरको सिर्जना गर्न पनि सक्नेछन् ।

संघ संस्थाहरु

संघ संस्थाहरुले हामीबाट स्वयंसेवक विद्यार्थीहरू, संचार सञ्जाल, आफ्नो कामको प्रसार प्रचारको सुबिधा र साथ साथै आफु र आफ्ना सदस्यहरुलाइ सबल बनाउन आवश्यक पर्ने तालिमहरु प्राप्त गर्नेछन् । उनीहरुले आफ्ना नजिकमा रहेका हबहरुलाई आफुसँग भएका श्रोत र साधन उपलब्ध गराएर हाम्रो समग्र स्वयंसेवकिय पद्धतिलाई संचालन र ब्यबस्थापन गर्न सहयोग तथा सहकार्य गर्न सक्नेछन् ।

विद्यार्थीहरु

विद्यार्थीहरुले विभिन्न कम्पनी र संघ संस्थाहरुमा इंटर्नशिप वा स्वयंसेवक भइ काम गर्ने अवसर पाउनेछन् । बिशेषज्ञहरुसँग संगै काम गरेर सिक्न पाउनेछन् र साथै हाम्रो एप्लिकेसनको माध्यामबाट आफ्नो सामाजिक र पेशागत प्रतिष्ठा वृद्धि गर्नको लागि उपयुक्त सिफारिस र प्रमाणित पेशागत प्रोफाइल प्राप्त गर्न सक्नेछन्, जुन उनीहरुलाई भविष्यमा जागिर पाउनको लागि सहयोगी हुनेछ ।

बिशेषज्ञहरु

स्वयंसेवक बिशेषज्ञहरुले हाम्रो एप्लिकेसनको माध्यमबाट आफ्नो सामाजिक र पेशागत प्रतिष्ठा वृद्धि गर्नको लागि उपयुक्त सिफारिस र प्रमाणित पेशागत प्रोफाइल प्राप्त गर्न सक्नेछन् ।उनीहरुले हामीसँग आवद्ध शैक्षिक संस्थानहरु, कम्पनीहरु, संघ संस्थाहरु, बिद्यार्थीहरु र अन्य बिशेषज्ञहरुसँग संचार सम्पर्क स्थापित गरि सम्भावित बिभिध अनुसन्धान र व्याापारको अवसर सिर्जना गर्न सक्नेछन् ।

सरकारी संयन्त्रहरु

सरकारी संयन्त्रहरुले हामीबाट स्वयंसेवक विद्यार्थीहरू, उनीहरुका कार्यक्रमहरु लक्षित वर्गसम्म पुर्याउनको लागि हामीसंग भएका हबको संजाल र एकिकृत सूचना प्रणालीको माध्यमबाट जनतासंग हुने प्रभावकारी संचार प्राप्त गर्नेछन्। समग्रमा हाम्रा कार्यक्रमहरुले सरकारलाई आफ्ना उदेश्य पुरा गर्नकै लागि सहयोग गर्ने हुनाले सरकारी संयन्त्रहरुले आफ्ना नजिकमा रहेका हबहरुलाई आफुसँग भएका श्रोत र साधन उपलब्ध गराएर हाम्रो समग्र स्वयंसेवकिय पद्धतिलाई संचालन र ब्यबस्थापन गर्न सहयोग तथा सहकार्य गर्न सक्नेछन् ।

NEPGO ले तपाईंको नजिकै Hub हरु स्थापना गरिरहेको छ ।

कृपया आफ्नो नजिक रहेका Hub पत्ता लगाउनुहोस् र उनिहरुसँग जोडिनुहोस ।

हाम्रा Hubहरुको बिस्तृत जानकारीको लागि नक्सामा भएका राता मार्कर हरुमा क्लिक गर्नुहोस । हजुरले खोज्नुभएको जानकारी यो स्थानमा देखाइने छ ।

हाम्रा Hubहरुको बिस्तृत जानकारीको लागि नक्सामा भएका राता मार्कर हरुमा क्लिक गर्नुहोस । हजुरले खोज्नुभएको जानकारी यो स्थानमा देखाइने छ ।

Let's start

 There are 2 ways we can work together . 

1. Make a profile in NEPGO

No matter whoever you are, register yourself and make a profile with all your professional details into our application. Share us what type of opportunity are you looking for or you want to provide.

2. Connect to our Innovation HUB

We need more innovative people and entrepreneurs to help our country. So you can try to create the innovation hub in your city/ village and we will help you to do it. If you already know our existing Innovation hubs be connect with them and help them to create creative projects. You can meet our hub’s members and directly connect with them or you can connect through our NEPGO app.

हाम्रो समूह

मुक्ति पौडेल

संस्थापक / प्रबन्ध निर्देशक

Juha-Pekka Vehniäinen

व्यवसाय प्रबन्धक

अर्जुन खनाल

नेपाल बिभाग - प्रबन्धक

नमिता खनाल पौडेल

व्यवस्थापक

प्रत्यक्ष गुरुङ

Software Developer

हाम्रा साझेदारहरु

सम्पर्क गर्नुहोस्

कार्यलय

University of Oulu
PL 8000, 90014
Oulu - Finland

रविभवन
काठमाडौँ - नेपाल

HUB स्थापनाको लागि

नेपाल : +977 9845340447
फिनल्याण्ड : +358440477559
इमेल : support@nepgo.com

बिजनेस र सहकार्यको लागि

नेपाल : +977 9845340447
फिनल्याण्ड : +358440477559
इमेल: mukti.paudel@nepgo.com